अब सलमान नेपाली नयाँ बर्षमा आउने
4-March-2018

जक्सन डट कम 
फागुन २०, पोखरा । 


बलिउड अभिनेता सलमान खान अब नेपाली नयाँ बर्ष ताका नेपाल आउने भएका छन । उनको ‘दबंग द टूर नेपाल’ कार्यक्रम अब २०७५ वैशाख पहिलो साता हुने भएको हो। 

२०७४ फागुन २६ गते टुडिँखेलमा हुने भनिएको कार्यक्रम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो।

आयोजक ओडिसी इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। विज्ञप्तिमा उसले विशेष कारणले निर्धारित समयका कार्यक्रम हुन नसकेको भन्दै बैशाख पहिलो साता हुने उक्त कार्यक्रमको छिट्टै  मिती घोषणा गरिने जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘करिब १५ करोड रुपैयाँ बजेट लाग्ने यो कार्यक्रममा करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ। र, अहिले टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्नेछन्।’

यो कन्सर्टमा सलमानसहित नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर र मनीष पावल लगायत नेपाल आउने तय भएको थियो। 

Write a Comment

Events
Random Picks