चर्चा चलचित्र ‘शत्रुगते’को
4-March-2018

जक्सन डट कम 
फागुन २०, पोखरा ।

१७ वर्ष पछि महसंचार चलचित्र ‘शत्रुगते’ लिएर नेपाली रजतपटमा फर्किदै छ । शुक्रबार ‘शत्रुगते’ टिमले चलचित्रको ट्रेलर युट्युबमा सार्बजनिक गर्यो र सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर एक नम्बर ट्रेन्डिङमा आइपुग्यो । 

यो समाचार तयार पार्दा सम्म ६ लाख ३० हजार भन्दा बढी पटक हेरिएको ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर छन् । ट्रेलरको मुन्तिर एक हजार आठ सय ९० भन्दा बढी कमेन्ट छन र अधिकांश कमेन्टमा ‘शत्रुगते’ या 'शत्रुगते'का कलाकारहरुको चर्चा छ ।

कतिले यो चलचित्र सुपरहिट हुने पक्का गरेका छन त कतिले पल-आचल , दिपक-दिपाको जोडीको प्रसंशा हरेका छन । कतिले पलको खुलेर तारीफ गरेकाछन त कतिलाई राजाराम , किरण केसीका डायलगले छोएको छ त कतिले माग्ने बुढा ( केदार धिमिरे ) लाई मिस गरेका छन । 

तर यो ट्रेलरलाई मन नपराउनेहरु पनि छन । कतिले मह जोडी जस्तो लेजेण्ड जोडी बाट कमजोर कथाको आशा नगरेको सम्म भन्न भ्याएका छन ।

यधपी नेपाली बजारमा ' शत्रुगते 'को चर्चा चुलिएको छ । यो चलचित्रले नयाँ रेकर्ड राख्नेमा चलचित्रको मेकरहरु पनि आशाबादी छन । तर ट्रेलरको यो चर्चाको साख चलचित्रले राख्ला या नराख्ला त्यो भने हेर्न बाँकी छ ।

प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रमा महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंशाकार लगायतका कलारकारले अभिनय गरेका छन् ।

हरिवंश आचार्यको कथा रहेको चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङले खिचेका छन् । चलचित्र चैत ९ गते प्रदर्शनमा आउने छ । 

Write a Comment

Events
Random Picks