कि रेखाको चल्छ कि देखाको चल्छ:ज्योती मगर (हेर्नुहोस् भिडियो)
8-August-2015

युट्याबमा गालीको आइरो,दर्शक भन्छन्:ज्योती तिमी ब्लु फिल्म गए हुन्छ 

जक्सन डटकम । पछिल्लो समय विशेषत विभिन्न लोक गितहरुको भिडियोमा खुलेरै प्रस्तुत हुने गायीका ज्योती मगर फेरी एउटा तिज गितमा खुलेकी छिन् । शुक्रबार सार्वजनिक भएको तिज गीतमा  श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर दिएका छन् ।

गीतमा केहि हाँस्यकलाकारको पनि अभिनय छ । हाँस्यकलाकारले भिडियोलाई रमाईलोभन्दा पनि अझै बढी उत्तेजक बनाउन सघाएका छन् । त्यसैले पनि तिजसँग जोडिएको गीतमा भएको अलि बढी भद्धा दृश्यप्रति लोकसंस्कृति प्रेमिले भने चिन्ता व्यक्त गरेका छन् ।

गीतले नेपाली संस्कृतिलाई नै बदनाम गर्न खोजेको भन्दै दर्शकहरुले म्युजिक नेपालले संस्कृति जोगाउनेबारेमा नसोचेको आरोप लगाएका छन् । युट्युबमा दर्शक बढी बटुल्नु मात्र सबै कुरा नभएकाले गतिलो कुराको मात्र प्रवद्र्धन गर्न म्युजिक नेपाल र सम्र्पुण कलाकारलाई दर्शकले युट्युबमा सुझाव दिएका छन् ।

युट्युबमा दर्शक संख्या निकै तिव्र गतिमा बढ्दै गएको उक्त भिडियोका लागि प्राप्त प्रतिक्रिया उल्लेख गर्नै नसक्ने समेत प्राप्त भएका छन् । एक जना दर्शले त ज्योती तिमी ब्लु फिल्म खेल्न गए हुन्छ समेत भनेका छन् ।

यद्यपी केहि प्रतिक्रिया भने राम्रा पनि आएका छन् ।

हेर्नुहोस् भिडियो : https://www.youtube.com/watch?t=46&v=8YOSIl0LLzY

Write a Comment

Events
Random Picks