नझुक्किनुस ! यो बलिवुड फिल्मको ट्रेलर होईन ।
6-March-2018

जक्सन डट कम 
फागुन २३, पोखरा ।
 
' प्रेम गीत ' बाट एकाएक स्टार बनेका नायक प्रदिप खड्का स्टारर ' लिली बिली ' को ट्रेलर सार्बजनिक भएको छ । ट्रेलरमा नवनायिका जस्मिता गुरुङ संग प्रदिपको रोमान्स देखाईएको छ । 

मिलन चाम्स निर्देशित फिल्ममा अर्की नायिका प्रियंका कार्की पनि छिन तर उनलाई भने ट्रेलरमा खासै स्थान दिइएको छैन । फिल्मको ट्विस्ट नै प्रियंकाको इन्ट्री हुन पर्छ, हामि अन्दाज लगाउन सक्छौ । त्यसैले सायद उनलाई ट्रेलरमा एक सेकेन्ड स्पेस दिईएको छ । अर्का नायक अनुप बिक्रम शाही भने यो फिल्ममा पनि नेगेटिभ भूमिकामा देखिएका छन । 

झट्ट हेर्दा कुनै हिन्दी फिल्मको ट्रेलर झैँ लाग्ने यो फिल्म नेपालकै महंगो बजेटको फिल्महरु मध्यको एक हो । यो फिल्मको सुटिङ बेलायत, स्कटल्यान्ड, टर्की लगायतका देशमा गरिएको थियो । ट्रेलरमा तीन देशका आकर्षक दृष्यहरु समेटिएको छ, जसले दर्शकलाई फिल्म हेर्न लोभ्याउन सक्छ । 

यसै फिल्मबाट नायक खड्काले २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका थिए । आगामी चैत्र ३० गते रिलिज हुने यो फिल्मको कथा प्रदिप भारद्वाजले लेखेका हुन भने निर्माण गोविन्द शाही र सुदिप खड्काले गरेका हुन्  ।

Write a Comment

Events
Random Picks