' बुद्धलामाले पुरस्कार पाएनन भन्ने खबर झुट हो ।'
8-March-2018

जक्सन डट कम 
फागुन २५, पोखरा ।

नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् । तर यो समाचार झुट भएको नेपाल आइडलका आयोजक एपिवान एचडिले जनाएको छ ।

हिजो  राती आफ्नो अफिसियल फेसबुक पेजमा सार्बजनिक सूचना प्रकाशित गर्दै एपिवान एचडि लेख्छ " केही लाईन पोर्टलहरुमा नेपाल आइडलसँग सम्बन्धित भ्रामक सामाग्री प्रकाशित गरे / गराईएकोमा नेपाल आइडलका आयोजक एपिवान एचडिको ध्यान आकृष्ट भएको छ र त्यसबारेमा स्पष्ट गर्न जरुरी ठानेका छौं ।

तोकिएको र सम्झाैता अनुसारकाे पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनको कब्जामा छ । कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई २५% (प्रतिशत) आकस्मिक लाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराईएको छ । उक्त कर तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौं ।

यसबाहेक विजेताले पाउने म्यूजिक एल्बमका लागि बुद्ध लामाले नै सिफारिस गरेका असु सेन लामालाई जिम्मा र अग्रिम रकमसमेत भुक्तानी गरिसकिएको छ जसको भिडियो एपीवान एचडिले निर्माण गर्नेछ । हो, विदेश भ्रमणमा रहेको बेला समयाभावका कारण उक्त एल्बम बनाउन ढिलो भएको बुद्ध लामालाई लाग्नु स्वभाविकै भयो तर सम्झौताको एक वर्ष सकिनअगावै यो सम्पन्न हुनेछ ।

यसरी सम्झौता बमोजिमनै सम्पूर्ण कार्य हुदै आएको सबैको जानकारीका लागि अनुरोध छ । साथै वास्तविकता नबुझि दूरासयपूर्ण तवरमा प्रकाशित अनलाईन समाग्रीहरुबाट सचेत रहन आग्रह गर्दछौ । नेपाल आइडलको मंचमार्फत एक परिवार/समूहबाट माथी उठदै आज सफलताको जुन तहमा बुद्ध लामा पुगेका छन त्यसमा एपिवान एचडिलाई गर्व छ किनकी यो एपिवान एचडिकै कारणले सम्भव भएको हो । बुद्ध लामालाई एपिवान एचडिका तर्फबाट भविष्यमा आउन लागेको उनको एल्बमका लागि शुभकामना । " 

Write a Comment

Events
Random Picks