फ्राइडे रिलिज 'पंचायत' र 'रेड'
16-March-2018

जक्सन डट कम 
चैत्र २, पोखरा ।

आज शुक्रवार देखि सिनेमा हलमा नेपाली चलचित्र 'पंचायत' र बलिउड चलचित्र 'रेड' रिलिज भएका छन् ।

पंचायतकालिन शासन व्यबस्था र सुदुरपश्चिममा बिद्यामान छाउपडी प्रथालाई मुख्य बिषयबस्तु बनाइएको नेपाली चलचित्र “पंचायत” मा नायिका निता ढुङ्गानाको  मुख्य भूमिका रहेको छ ।

त्यस्तै बलिउड अभिनेता अजय देवगन अभिनित हिन्दी चलचित्र  'रेड' सत्य घटनामा आधारीत चलचित्र हो ।

नेपाली चलचित्र बजारमा आज पंचायत बाहेक कुनै चलचित्र रिलिज भएन् । गत साता रिलिज भएका मंगलम र गाँजाबाजा भने दोस्रो सातामा प्रवेश गरेको छ । 

पंचायतमा निताको साथमा जानवी बस्नेत, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । शिवम् अधिकारीको निर्देशन रहेको चलचित्रले गत शुक्रवार प्रिमियर गरेको थियो । उक्त प्रिमियरमा सोमा चलचित्रले सकारात्मक प्रतिक्रिया  पाएको छ । मल्टिप्लेसमा चलचित्रले थोरै सो पाएको छ ।

चलचित्र 'रेड' लाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रमा अजयको साथमा अभिनेत्री इलियाना डिक्रुज्को मुख्य भूमिका रहेको छ । बाद्शाहोमा एकसाथ देखिएका अजय र इलियाना दोस्रो पटक रेडमा सँगै काम गरेका हुन् । रेडलाई मल्टिप्लेसमा सर्वाधिक सो दिइएको छ ।  

Write a Comment