जेलमा सलमान लाई भेटे वकिल देसाई र बडिगार्ड शेराले : के तारिखमा छुट्लान त सलमान ?
6-April-2018

जक्सन डट कम 
चैत्र २३, पोखरा ।

बलिवुड सुपरस्टार सलमान खानले जोधपुर सेन्ट्रल जेलमा पहिलो रात बिताएका छन । कालो हरिणको शिकार प्रकरणमा दोषी ठहर भएका बलिउडका सुपरस्टार सलमान खानलाई अदालतले पाँच वर्ष जेल र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

आज सलमान तारिख मा छुट्छन या छुट्दैनन तेस्को सुनुवाई आज केहि बेरमा हुदैछ ।

हिजो मध्य रात साँढे १२ बजे मात्र ब्यारेक भित्र छिरेका सलमानले रातीको खान खाएनन । मेडिकल चेकअपमा उनको ब्लड प्रेसर बढेको पाईएको थियो ।
छटपटिमा रात बिताएका सलमान बिहान साँढे ६ बजे सुतेर साँढे ७ बजे उठेका थिए । उनले यो रात कोर्टको सुनुवाईमा जाँदा लगाएको कपडामै बिताएका छन ।  

Write a Comment

Events
Random Picks