मलाई पोखरा आउँदा आफ्नै घर फर्के जस्तो लाग्छ ; जहाँ बाट मेरो करियर सुरु भएको थियो
11-April-2018

जक्सन डट कम 
चैत्र २८, पोखरा ।
 
'टलक जंग भर्सेज टुल्के' का माया लाग्दा क्यारेक्टर टलक जंग ( खगेन्द्र लामिछाने ) लाई नचिन्ने कमै होलान । उनि अभिनित चलचित्र 'पशुपति प्रसाद'ले  धेरैको मन छोयो धेरैलाई रुलायो । उनै कलाकार खगेन्द्र लामिछानेले पोखरालाई आफ्नो करियरको जन्म घर भएको बताएका छन । हरेक पटक उनलाई पोखरा आउदा आफ्नै घर फर्के जस्तो लाग्ने उनि बताउछन ।

खगेन्द्र लामिछानेकोबहुप्रतिक्षित चलचित्र ‘डमरुको डण्डीबियो’ आगामी २०७५ साल बैशाख २१ गतेबाट देशैभर प्रदर्शनमा आउदैछ । सोही चलचित्रको प्रोमोशनमा पोखरा आएको अवसरमा उनले पोखरा संग जोडिएका अतितहरु सुनाउदै  पोखरा आउदा आफु उत्साहित भएको बताए ।

चलचित्र पत्रकार संघ कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा लामिछानेले कुनै पनि विषयले जब मन छुन्छ तब आफुले सो विषयमा  फिल्म बनाउने वा लेख्ने गरेको बताएका छन ।

कुनैबेलाको राष्ट्रिय खेल डण्डीबियोलाई सरकार राष्ट्रिय खेलबात हटायो । सोही विषय बोकेको चलचित्र ‘डमरुको डण्डीबियो’ नेपाली चलचित्र बजारमा चर्चाको शिखरमा छ ।

लोपोन्मुख अवस्थामा पुगेको खेल डण्डीबियोलाई आम नेपालीमाझ बिर्सन नदिई ब्यूँताउनका लागि सघाउने उद्धेश्यले चलचित्र निर्माण गरेको कालाकार तथा कथाकार खगेन्द्र लामिछाने बताउछन । 

नयाँ पुस्ताले डण्डीबियो खेल नै बिर्सिन लागेका बेला सरकारले झन् यसलाई राष्ट्रिय खेलबाट हटाउँदा यो हराउँछ कि भन्ने चिन्ता थपिएको भन्दै उनले भने,’हामीले सानैदेखी खेल्दै आएको खेल डण्डीबियो नै हो, मैले आफैले पनि सबैभन्दा बढी यही खेल खेलेँ, अहिलेका युवा पुस्ताले यो खेल खेल्नै छाडिसके, अब आगामी पुस्ताले यो खेल नै बिर्सने देखेर यसलाई मर्न नदिई डण्डीबियो यसरी खेलिन्छ भन्ने आम नेपालीलाई सम्झना रहिरहोस् भनेर चलचित्र बनाएका हौं ।’

डण्डीबियो रोचक खेल भएको र मौलिक कथावस्तुमा चलचित्र बनेकाले यो चलचित्रलाई दर्शकले मन पराउने उनले बताए ।

डण्डीबियो नेपालको मौलिक खेल भएको र यो खेल विश्वका १०/११ देशमा खेलिदै आएको तथ्य संकलन गरेपछि रिसर्च गरेर चलचित्र बनाएको उनको दाबी छ ।

कुनैपनि कथा आफैमा खतर्नाक नहुने जिकिर गर्दै उनले त्यसको फरक प्रस्तुतीले नै चलचित्रको स्तर मापन हुने बताए ।

‘टलकजंग भर्सेज टुल्के’, ‘पशुपति प्रसाद’ जस्ता सफल चलचित्र बनाइसकेका लामिछानेले ‘डमरुको डण्डीबियो’ पनि राम्रो बनेको दाबी गरे ।

यद्वपी यसलाई सफल बनाउने वा नबनाउने भन्ने दर्शकको हातमा रहेको उनले बताए । आफू कर्ममा विश्वास गर्ने भन्दै लामिछानेले करियरदेखी कहिल्यै डर नलाग्ने र यो चलचित्रबाट करियर माथी उक्सिन्छ वा खस्कन्छ भनेर अहिल्यै भन्न नसकिने र त्यसरी आशा वा निराश पनि नबन्ने बताए ।

अर्का कलाकार बुद्धि तामाङले चलचित्र राम्रो बनेको बताए । उनले चलचित्रको कथाबस्तु र पात्रको अभिनयले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

चलचित्र निर्माता बिनोद गुरुङले चलचित्र मेहनत गरेर बनाएको र यो लमजुङको घलेगाउँ र काठमाडौंमा छायाङ्कन गरिएको जानकारी दिए । उनले यो चलचित्र सफल हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताए ।

छेतन गुरुङको निर्देशन, खगेन्द्र लामिछानेको कथा, नोर्बु छिरिङ घले र बिनोद गुरुङको निर्माणमा बनेको चलचित्रमा खगेन्द्र लामिछाने, बुद्धि तामाङ, अनुप बराल, मेनुका प्रधान, लक्ष्मी बर्देवालगायतको अभिनय रहेको छ ।

सन्देस श्रेष्ठको सहयोगमा  
 

see more photos : http://jukson.com/event/788/nepali-movie-damaruko-dandibiyo-pokhara-press-meet-photo-gallery

Write a Comment

Events
Random Picks