भोलि शुक्रबार देखी 'लिलिबिली' : के बिक्ला त प्रदिपको स्टारडम ?
12-April-2018

जक्सन डट कम 
चैत्र २९, पोखरा ।

भोली शुक्रबारदेखि नायक प्रदिप खड्काको चलचित्र ‘लिलिबिली’ अल नेपाल रिलिज हुदैछ । चलचित्रलाई मल्टिप्लेक्समा उच्च शो पनि मिलेको छ । 
लगातार दुई वटा हिट चलचित्र दिएका प्रदिपको स्टारडम पनि अझ बढेको छ । तर प्रदिपको बढ्दो स्टारडमका कारण  चलचित्रले राम्रो ब्यापार गर्ला भनेर यसै भन्न सकिने अवस्था भने छैन ।

नेपाली रजतपटको सबै भन्दा चर्चित नाम अनमोल के.सीको चलचित्र 'कृ' ले  सोचे अनुसारको जादु देखाउन नसकेको सबैलाई जानकारी भएकै कुरो हो । अनि पछिल्ला रिलिज भएका चलचित्रहरुले पनि ('शत्रु गते' बाहेक) खासै राम्रो ब्यापार गर्न सकेनन ।
 
यस्तो अवस्थामा प्रदिपलाई आफ्नो तेस्रो चलचित्र पनि हिट बनाउने र ह्याट्रिक गर्ने अवसर र चुनौती दुवै छ । 

तर नायक प्रदिप खड्काको स्टारडम र नायिका जसिता गुरुङको बढ्दो क्रेजका कारण दर्शक हलसम्म आउने विश्वास हल संचालकहरु र निर्माण टिमले गरेका छन् । यहिकारणले गर्दा पनि ‘लिलिबिली’ले चलचित्र ‘शत्रु गते’को दबदबा रहेको समयमा पनि उच्च शो पाएको हो ।

चलचित्रले कस्तो ब्यापार गर्ला ? प्रदिपको स्टारडम बिक्ला या नबिक्ला ? अनि प्रदिपले ह्याट्रिक गर्लान या नगर्लान ? जस्ता तमाम प्रश्नहरुको उत्तर भने शुक्रबार र शनिबारको ब्यापारले दिनेछ ।

चलचित्रमा प्रदिप र जसिताका अलावा अर्की चर्चित नायिका प्रियंका कार्कीको पनि अभिनय रहेकोछ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रलाई गोविन्द शाही, सुदिप खड्का र मिलनले मिलेर बनाएका हुन् । 

Write a Comment

Events
Random Picks