सलमानले अदालतबाट विदेश जाने अनुमति पाएसँगै नेपाल आउने पक्का !
17-April-2018

बलिउड अभिनेता सलमानले अदालतबाट विदेश जाने अनुमति पाएसँगै विदेश यात्रा सुरु हुने दिनको भोलिपल्टै उनी नेपाल आउने भएका छन्।

सलमानको ‘दबंग द टुर’मा सलमान खानसँगै अभिनेत्री सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल पनि आउनेछन् ।

काठमाडौंको कार्यक्रम मे २६ अर्थात् जेठ १२ गते तय गरिएको छ। यसअघि मार्च १० मा हुने भनिएको कार्यक्रम सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेनमेन्टले मे ५ (बैशाख २२) का लागि सारेको थियो ।

कृष्णसारको सिकार गरेकोअभियोगमा जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर केही दिन जेल बसेपछि उनी जमानतमा रिहा भएका थिए ।

Write a Comment