२ वर्षपछि हनी सिंहको कमब्याक
23-April-2018

भारतका चर्चित गायक हिरदेश सिंह उर्फ यो यो हनी सिंह २ वर्षपछि कमब्याक हुने तयारीमा छन्।

हनी सिंहलाई २०१६को मार्चमा बाइपोलर डिसअर्डर देखिएकाले उनी संगीतबाट विश्राम लिएजसरी हराएका थिए।

तर, अहिले उनी फेरि कमब्याक हुन् लागेका छन्। उनको गीतलाई चलचित्र ‘सोनुके टुटी कि स्विटी’ले प्रयोग गरेको थियो जुन गीत यो वर्ष हिट नम्बरमा परेको थियो।

हनी सिंह भन्छन् ‘म आफ्नो फ्यानहरुलाई धेरै मिस गर्छु, मैले गीतको रेकर्ड पनि थालिसकेँ र छिट्टै नै स्टेजमा देखिने तयारीमा छु।’ ३५ वर्षे गायक बलिउडमा मात्र होइन पञ्जाबी पपमा पनि उत्तिकै चर्चित रहेका छन्।

Write a Comment