hamro desh
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
7-December-2018
जक्सन डटकम ललितपुर,मङ्सिर २१    रासस सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।  एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७००…
सर्वोच्च अदालत अगाडि र चावहिलमा आकाशे पुल बन्ने
6-December-2018
काठमाडौँ,मङ्सिर २० सर्वोच्च अदालत अगाडि र चावहिलमा आकाशे पुल (फ्लाई ओभर ब्रिज) बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले बढी चाप हुने क्षेत्र पहिचान गरी हाललाई यी दुई ठाउँमा खोलेर सार्न मिल्ने खालको आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । रामसाह पथमा अड्डा अदालत, स्वास्थ्य मन्त्रालय लगायत भिडभाड हुने कार्यालय…
आज काठमाडौंमा यो वर्षकै धेरै जाडो, अझै जाडो बढ्ने सम्भावना
6-December-2018
जक्सन डटकम काठमाडौं, मंसिर २० आज काठमाडौं उपत्यकामा यस वर्षकै जाडो छ । जाडो अझै बढ्दै जाने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ । मौसमविद गंगा नगरकोटीले भनिन्, ‘आज बिहान साढे ६ बजेको तापक्रम…
सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्दै ललितपुर
6-December-2018
जक्सन डटकम ललितपुर,मङ्सिर २०    रासस ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।  मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन…
पशुपतिलगायत देशभरका शिवालयमा छरियो शतबीज
6-December-2018
जक्सन डटकम काठमाडौँ,मङ्सिर २०    मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् ।  बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने…
कञ्चनपुरनगरको नगरपालिकाबाट पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण
5-December-2018
जक्सन डटकम कञ्चनपुर,मङ्सिर १९   कञ्चनपुरमै पहिलो पटक कृष्णपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय वितरण गर्न शुरु गरेको छ । नयाँ संरचना अनुसार नगरपालिकाले कार्यविधि बनाएर अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको हो यसअघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र वितरण हुँदै आएको थियो । नयाँ संरचना अनुसार महिला तथा बालबालिका…
बाँकेमा चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन प्रतिबन्ध
5-December-2018
जक्सन डटकम नेपालगञ्ज, मङ्सिर १९ बाँकेमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च,…
अपाङ्गता भएका बालबालिकालाई झापाको एनएमसी डेरी उद्योगले वर्षैभरि निःशुल्क दूध उपलब्ध गराउने
5-December-2018
जक्सन डटकम भद्रपुर,मङ्सिर १९    रासस झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई आवास र पठनपाठनको व्यवस्था छ…
जाडो छल्न बाहिरिँदै मनाङवासी
5-December-2018
जक्सन डटकम मनाङ,मङ्सिर १९   रासस मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने…
Events
Random Picks