hamro desh
कर्मचारीको मिलेमतोमा बिजुली चोरी, हेटौंडा कार्यालय मातहत ५३ करोडको चुहावट
29-January-2017
नेपाल विद्युत् प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ । प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा…
प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि
29-January-2017
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।  सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधान सेनापति,…
अबको पोखरा: ग्रेटर पोखरा कि अर्को काठमाडौं ?
27-January-2017
अहिले पोखरामा ठूला विकासको आयोजना सुरु भएका छन् । एउटा हो अन्तर्राष्ट्रिय विमानस्थल र अर्को बुटवलबाट कालीगण्डकी कोरिडोर हुँदै कोरलासम्मको सडक । यी दुई परियोजना निर्माण भएमा पोखरा कस्तो होला भनेर अहिले सबैतिर र खासगरी पोखरेलीहरुमा चासो र उत्साह छ । यसबाट पोखरा मेगा सिटीमा रुपान्तर हुने ढोका खुल्नेछ ।…
नेप्कम्स् पोखराको आयोजनामा अष्ट्रेलियन एजुकेशन सेमिनार हुँदैं
27-January-2017
नेप्कम्स् सर्भिसेज पोखराको कार्यालय सिद्धार्थचोकमा माघ १८ गते मंगलबार अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । नेप्कम्स् सर्भिसेजको आयोजनामा हुन लागेको सेमिनार अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै अष्ट्रेलियन शिक्षा तथा भिसा सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना हुन लागको कुरा पोखराका प्रमुख सन्तोष शाहीले जानकारी दिए । उक्त सेमिनारमा अष्ट्रेलियाका…
उखुले हानेर श्रीमतीको हत्या
27-January-2017
माघ १४ । श्रीमती हत्या गरेको आरोपमा नुवाकोट लिखु-४ पुरानो गाउँ बस्ने २८ वर्षका मानबहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीका अनुसार रक्सी खाएर तामाङले आफ्नी २४ वर्षकी श्रीमती उर्मिला तामाङलाई उखुको डाँठले टाउको, ढाड र मुखमा हानेर हत्या गरेका थिए । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ । 
वीरगन्ज औद्योगिक करिडोर विद्युत्भार कटौतीमुक्त हुने
27-January-2017
काठमाडौँ, १४ माघ । सरकारले केहीदिनभित्रै वीरगन्ज औद्योगिक करिडोरलाई विद्युत्भार कटौतीमुक्त बनाउने भएको छ । भारतबाट आयात हुन लागेको थप ५० मेगावाट विद्युत् बारा पर्सा औद्योगिक करिडोरलाई नै उपलब्ध गराउने विषयमा वीरगन्ज उद्योग वाणिज्य सङ्घको टोलीलाई विश्वस्त तुल्याउँदै ऊर्जा मन्त्री जनार्दन शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गर्ने विश्वास दिलाउनुभएको हो ।…
आज दिनभर पानी पर्ने
27-January-2017
काठमाडौं, माघ १४ – काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । उपत्यकामा अहिले हल्का वर्षा भैरहेको छ भने दिउँसोपख केही ठाउँमा जमिन भिज्ने गरी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । पूर्वमा पनि आज पानी…
पुरुषको काम नपत्याएर खेलमैदान बनाए महिलाले
27-January-2017
जाजरकोट, १४ माघ । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् । पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेको स्थानीयवासी राधिका पुनले बताउनुभयो । कोदालो र वेल्चासमेत चलाउन…
जिप दुर्घटना हुदाँ १ को मृत्यु १७ घाइते
27-January-2017
अनिल यादव,परासी, माघ १४ । नवलपरासीको रामखण्डा पुलमा जिप दुर्घटना हुदाँ एक को मृत्यु र १७ जना घाइते भएका छन् । भैरहवा भमुही सडक खण्डमा पश्चिम दिशा बाट आउदै गरेको लु १ ज १०८ नम्बर को जिप आँफै अनियन्त्रित भई पुलको ¥यालिङ्गमा ठोकिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले…
Events
Random Picks