hamro desh
पोखरा १४ रातोडाँडाँ भाँसिदा ४६ घर प्रभावित
4-September-2015
पोखरा, १८ भदौ / गत असार १४ गते रातिको अविरल वर्षाले जमिन भाँसिदा घर नै छाड्न बाध्य बनेका ४६ घर परिवारले आफुहरुलाई सुरक्षित बासको व्यवस्था गरिदिन माग गरेका छन् । पोखरा १४ चाउथे स्थित रातोडाँडामा रहेका ८४ घर मध्ये ४६ घर प्रभावित भएको थियो । डाँडा नै भाँसिदा अधिकांश घर चिराचिरा…
जिप्रका कास्कीको छतबाट हामफालेर आत्महत्या प्रयास
4-September-2015
पोखरा, १८ भदौ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक थुनुवा युवाले हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । एक अमेरिकी विदेशी महिला बेपत्ता रहेको घटनाबारे अनुसन्धानको लागि हिरासतमा रहेका कास्की धिताल ३ का ३२ बर्षिय नारायणप्रसाद पौडेलले शुक्रवार दिउँसो आत्महत्याको प्रयास गरेको कास्की प्रहरीले जानकारी दिएको…
पोखराका उद्योगी व्यवसायीले बन्दको भद्र अवज्ञा गर्ने
4-September-2015
पोखरा, १८ भदौ ।  बन्दलाई सदा बन्द गर्न अभियान चलाईरहेका पोखराका उद्योगी व्यवसायीले बन्दको भद्र अवज्ञा गर्ने बताएका छन् । जुनसुकै दल वा समूहले बन्द आह्वान गरे पनि आफूहरु त्यसको विरुद्धमा रहने उनीहरुले बताए । बन्द र हड्तालले पोखरा जस्तो पर्यटकीय सहरलाई मृत सहर बनाईसकेको भन्दै उनीहरुले चिन्ता पनि व्यक्त…
सवारी दुर्घटनामा नेता ओलीको मृत्यु
31-August-2015
दाङ, १४ भदौ । सवारी दुर्घटनामा परी २६ वर्षीय स्थानीय नेता प्रेम ओलीको आज विहान मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा कार्यरत २६ वर्षीय प्रेम ओलीको आज बिहान उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । केहीदिन अगाडि घोराहीबाट तुलसीपुर फर्कने क्रममा आफैँले चलाएको…
यात्रुले भरिएको माइक्रोबसमा आगजनी
31-August-2015
भाद्र १४  सप्तरी : सीमांकनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगजनीबाट…
पोखरामा यस्तो देखियो गाइजात्रा (फोटो फिचर)
31-August-2015
माधब भुसाल जक्सन डटकम, भदौ १३ । गाईजात्रा पर्व आईतबारदेखि सुरु भएको छ । श्रावण शुक्ल पूणिर्मादेखि आठ दिनसम्म मनाइने यो जात्रा भाद्रकृष्ण अष्टमीसम्म जारी रहनेछ । काठमाडौँ उपत्यकाका तीन वटै शहरसहित मुलुकका मुख्य–मुख्य सहरमा मनाउने गरिन्छ । पोखरामा पनि नेवार जातिले यो पर्व धुमधामका साथ मनाउँदैछन् । एक वर्षअघिदेखि…
यी हुन् ‘बोको हराम’ स्टाइलमा टीकापुरमा प्रहरी मार्ने रेशम
30-August-2015
काठमाण्डु, १३ भदौ– कैलालीको टीकापुरमा गत ७ भदौमा भएको नरसंहारका दोषीमाथि कारबाही गर्न सरकारमाथि चौतर्फी दबाब छ । जुलुसमा सहभागी २० औं हजारमध्ये कसलाई दोषी किटान गर्ने र कसरी कारबाही गर्ने भन्ने समस्याले गृह प्रशासन अप्ठेरोमा परेको छ । कतिपयले थरुहट आन्दोलनको नेतृत्व गर्ने नेता र सभासद् सहित अगुवा संघ…
पोखरा लगायत देशभर गाइजात्रा पर्व मनाइदै
30-August-2015
जक्सन डटकम, भदौ १३ । आज भाद्र कृष्ण प्रतिपदा, पोखरा लगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै छ ।  गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यस पर्वमा बर्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । शहरमा गाई…
सचिव, सहसचिवलाई सुविधैसुविधा, तलब ८० हजारदेखि १ लाखसम्म
29-August-2015
काठमाडौं, भदौ १२ / सरकारले सवारीसाधन सञ्चालन तथा मर्मतको नाममा सचिव र सहसचिवलाई अथाह सुविधा दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधन (सञ्चालन तथा मर्मत) निर्देशिका, ०७२ जारी गरेको हो । निर्देशिका राजपत्रमा समेत प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको खबर आजको नयाँ पत्रिकामा सागर पण्डितले लेखेका छन्।  निर्देशिकाअनुसार अब…
Events
Random Picks