hamro desh
म्याग्दीमा माइक्रोबस दुर्घटनामा चालकको मृत्यु
13-December-2015
म्याग्दी, मंसिर २८ । बेनी नगरपालिका– १३ सिंगा तातोपानीमा आइतबार साँझ माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना५ख २८९८ नम्बरको माइक्रोबस दुर्घटना हुँदा चालक बेनी नगरपालिका– १३ तातोपानीका ३५ वर्षीय प्रेमबहादुर बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बानियाँको जिल्ला अस्पताल, बेनीमा उपचारका क्रममा गएराति मृत्यु भएको…
तिर्सना बुढाथोकीले जिउमा यसरि रंङ्ग दलेर नाकाबन्दीको बिरोध गरिन
13-December-2015
भारतको नाकाबन्दीले जनताको जनजीवन अस्तव्यस्त बनेको छ । उद्योग, कलकारखाना देखि सबै क्षेत्रमा यसको प्रभाव छ । नाकाबन्दीले कलाकारलाई समेत निकै अस्तव्यस्त बनाएको छ ।  नाकाबन्दी र यसको प्रभावका विषयमा मोडल तिर्सना बुढाथोकीसँग न्यूजसेवा डट कमले गरेको कुराकानी ।  नाकाबन्दीको प्रभाव कस्तो छ ?  भनि साध्य नै छैन । नाकाबन्दीले…
यसकारण बन्द भयो पोखराको आकाशमा प्याराग्लाईडिङ उड्न !
13-December-2015
२७ मंसिर |  पोखराको एउटा फरक विशेषता मध्ये यहाँको आकाशमा उड्ने प्याराग्लाईडिङ पनि हो । तर आईतबारदेखि पोखराको आकाशमा प्याराग्लाईडिङ उड्न बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाईडिङ उडान बन्द गरेको हो । पाईलटहरुले समयमा उडान अनुमति शुल्क नबुझाएको भन्दै उसले पोखराको आकाशमा प्याराग्लाईडिङ उडान बन्द गरिदिएको हो…
लामाचौर इञ्जीनियरिङ क्याम्पस प्रमुखको राजिनामा माग, बिद्यार्थिद्धारा प्रशासन र लेखामा तालाबन्दी (विज्ञप्ती सहीत)
13-December-2015
माधब भुसाल पोखरा, मंसीर २७ ।  पोखराको लामाचौर ईञ्जीनियरिङ क्याम्पसमा अध्ययनरत बिद्यार्थिहरुले क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन् । आफ्ना मागहरुप्रति क्याम्पसले बेवास्ता गरेको भन्दै ४ बुँदे विज्ञप्ती सहित उनिहरुले राजिनामाको माग गरेका हुन् ।  नेपाल बिद्यार्थि संघ इञ्जीनियरिङ क्याम्पसका सभापति पवनबाबु वास्तोला र अखिल क्रन्तीकारीका अध्यक्ष लोचन केन्द्र देवकोटाद्धारा…
पोखरामा सोमबार ३३ पम्पबाट १ लाख ६८ हजार लिटर डिजेल बितरण हुँदै
13-December-2015
पोखरा, मंसीर २७ । नेपाल आयल निगमको गगनगौंडा डिपोले सोमबार गण्डकी र धौलागिरीका लागि २ लाख ६० हजार लिटर डिजेल बितरण गर्ने भएको छ । भारतको नाकावन्दीपछि यो नै ठुलो परिमाणको डिजेल बितरण गर्न लागिएको हो । कास्कीका लागि १ लाख ६८ हजार, धौलागिरीका लागि ५६ हजार, तनहुँका लागि २४ हजार…
सुनको भाउ बढ्यो
13-December-2015
काठमाडौं, मंसिर २७ / हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । सुन तोलामा ४८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । दुई महिनायता सुनको भाउ ४८ र ४९ हजारको हाराहारीमा उतारचढाव आइरहेको…
दैनिक १० सिलिन्डर ग्यास यसरी उत्पादन भइरहेछ
13-December-2015
धरान, मंसिर २७ । सुनसरीको धरानमा गाईको मलमुत्रबाट बायोग्यास उत्पादन सुरु गरिएको छ । स्थानीय व्यवसायी घनेन्द्र कार्की र लोकबहादुर खापुङले ५० लाख रुपैयाँको लगानीमा २ सय घनमिटर क्षमताको बायो ग्यास प्लाण्ट निर्माण गरी बायो ग्यास उत्पादन सुरु गरेका हुन् । भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको तराई बन्दका…
पोखरामा टप्स बोर्डिङको बसको ठक्करबाट ज्ञान ज्योतिको विद्यार्थीको मृत्यु
13-December-2015
पोखरा, २७ मंसिर । पोखराको काजिपोखरीमा स्कूल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।  ग १ क १७१६ नम्बरको टप्स बोर्डिङ स्कुलको बसको ठक्करबाट ज्ञान ज्योति वोर्डिङ स्कुलमा अध्ययनरत ९ बर्षीय अनिस पुर्जा पुनको मृत्यु भएको छ ।  बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।…
पत्रकार ऋषि धमलाको घरमा आगलागी
13-December-2015
काठमाडौं, मंसिर २७ । रिपोर्टर्स् क्लबका अध्यक्ष ऋषि धमलाको घरमा आगलागी भएको छ । काठमाडौंको रानीवारीस्थित धमलाको घरमा आज बिहान आगलागी भएको हो । भान्सा कोठामा राखिएको इन्भर्टर सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट घरमा राखिएका सामान जलेर ध्वस्त भएका छन् । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा…