भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा
11-May-2018

पोखरा, बैशाख २८ 
जक्सन डटकम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रबार बिहान सवा १० बजे नेपाल आउँदैछन् ।
भारतीय वायु सेनाको विशेष विमानबाट मोदी जनकपुरको रंगभूमि मैदानमा अवतरण गर्ने छन्। भारतको बिहार राज्यको राजधानी पटनाबाट उनी तीन हेलिकप्टरसहित जनकपुर अवतरण गर्नेछन्। जनकपुरमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्। यस अघि २०७१ साउन १८ गते १७ वर्षसम्म नेपालमा हुननसकेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई मोदीले तोडेका थिए, ततस्पश्चात उनी सोही वर्ष सार्क सम्मेलनको अवसर पारेर मंसिर १० गते दोस्रो पल्ट नेपाल आएका थिए।

जनकपुर उत्रिय लगत्तै मोदी जानकी मन्दिरमा पूजाका लागि जानेछन्। उनले नेपालका प्रधानमन्त्री केपी शरमा ओलीसँगै जानकी मन्दिरमा पूजा गर्नेछन्। पूजा सकिएपछि दुबै प्रधानमन्त्रीले रामायण सर्किटको संञूक्तरूपमा घोषणा गर्ने कार्यक्रम छ। मोदीलाई स्वागत गर्नका लागि प्रम ओली अहिले ७स्२०मा जनकपुर जाँदैछन। पूजापछि मोदीलाई जनकपुर उपमहानगरपालिकाको १२ बिघामा अभिनन्नदन गर्ने कार्यक्रम छ। अभिनन्दनपछि उनले त्यहाँ सम्बोधन गर्नेछन्। करिब दुई घण्टा जनकपुरमा बिताएपछि मोदी भारतीय वायुसेवाको विमानबाट काठमाडौं अर्लिने कार्यक्रम छ। उनलाई त्रिभूवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गर्नेछन्। त्यसपछि विश्रामका लागि मोदी सिधै ह्यात होटल, बौद्ध जानेछन् भने ४ बजे उनलाई टुँडिखेलको सैनिक मञ्चमा गर्ड अफ अनर दिइनेछ। त्यस्तै आज नै उनले उपराष्ट्रपति, राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम छ।यो भेटपछि शुक्रबार नै दुई प्रधानमन्त्रीबीच साँझ होटल द्वारिकाजमा एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता होटेल द्वारिकाजमै हुनेछ। सोपछि मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने र त्यहीँ अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय छ। प्रधानमन्त्री ओलीले साँझ उनको सम्मानमा होटल द्वारिकाजमै रात्रीभोज दिनेछन्। भ्रमणको दोस्रो तथा अन्तिम दिन मोदी २९ गते बिहान ६ बजे नै मुस्ताङको मुक्तिनाथमा पूजाअर्चनाका लागि जानेछन्। मुक्तिनाथ दर्शनपछि जोमसोम हुँदै काठमाडौं आएर उनले पशुपतिनाथ दर्शन गर्नेछन्। दिउँसो काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा उनको नागरिक अभिनन्दन गर्नेछ। अभिनन्दनपछि  दिउँसो ४ बजे मोदी स्वदेश फर्किनेछन्।

 

Write a Comment

Events