२२ औं पटक सगरमाथा चढेर कीर्तिमान बनाए: कामीरिता शेर्पा
16-May-2018

जक्सन डटकम
जेष्ठ २, पोखरा 
नेपाली आरोही कामी रिता शेर्पाले २२ औं पटक सगरमाथा आरोहण गरेका छन् ।कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । तर बुधबारदेखि कामीले उक्त कीर्तिमान भंग गरेका हुन् ।सोलुखुम्बीको थाने घर भएका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी गरेका थिए ।४८ वषिर्यक कामीरिता आज साढे बिहान साढे आठ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । आयोजक सेभेन समिट ट्रेक्सका अनुसार उनको टोलीले हिजो राति साउथ कोलबाट चुचुरोको आरोहण गरेको थियो ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार उनी सगरमाथा चुचुरोमा पुगेको खबर आए पनि यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।यसअघि आप्पा शेर्पा र फुर्वा शेर्पाले पनि २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । कामी शेर्पा सबैभन्दा पहिले सन् १९९४ मा २२ वर्षको उमेरमा नै सगरमाथाको आरोहण गरेका थिए ।यसैगरी ४५ वर्षीय लाक्पा शेर्पाले पनि नयाँ रेकर्ड हासिल गरेकी छन् । ९ पटक सगरमाथाको चुचुरोमा पुग्ने उनि पहिलो महिला हुन् । सन् २००० मा पहिलो पटक उनले सगरमाथा आरोहण गरेकी थिइन् ।

 

Write a Comment

Events
Random Picks