नक्कली नोटसहित ६ जना पक्राउ
16-May-2018

जक्सन डटकम
जेष्ठ २, पोखरा 
काठमाडौं महानगरीय प्रहरी परिसरले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई  पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । उनीहरुको साथबाट दुई करोड  ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो ।यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो 
नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले स्रोतले बतायो ।यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए । 

 

Write a Comment

Events
Random Picks