भारतीय तिर्थ यात्रीको लेक लागेर मुत्यु
21-May-2018

जक्सन डटकम
जेष्ठ ७, पोखरा

आइतबार मुक्तिनाथ दर्शन गर्न आएका एकजना भारतिय तिर्थ यात्रीको लेक लागेर मृत्यु भएको छ । 
मृत्यु हुनेमा भारत आन्द्र प्रदेश एबि गुन्टुक घर भएका ४५ वर्षीय श्रीवाचन रहेका छन् । मुक्तिनाथको मन्दिरमा ९ः३० बजे तिर लेक लागी अचानक बेहोस भई ढलेका थिए । बेहोस भएपश्चात उपचारको लागी जिल्ला अस्पताल जोमसोममा पठाइएको थियो । उक्त उपचारको क्रममा १०ः३० बजे चिकित्सकले श्रीवाचनलाई मृत घोषणा गरेका थिए । 

Write a Comment