मोरङ जिल्ला अदालतमा गोरेको बयान सुरु
23-May-2018

जक्सन डटकम 
जेष्ठ ९, पोखरा 

जिल्ला अदालत, मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’को बयान सुरु भएको छ । आज दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो ।
प्रहरी हिरासतमा राखिएका गोरेलाई कार्यालय समय १० बजे नै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो । अदालत अधिकारीका अनुसार, बयान लिने कार्य जारी रहेको र आज दिनभरसम्म लाग्‍न सक्नेछ।
अहिले न्यायाधीश नारायण शर्माको इजलासमा गोरेले बयान दिइरहेको अदालतले जनाएको छ । बयान कार्य सकिएपछि गोरेमाथि थुनछेक बहस सुरु हुनेछ। गोरे बुधबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए ।

Write a Comment