धादिङको हुग्दीखोला पुलबाट ट्रक खसेर एकको मृत्यु, २ घाइते
23-May-2018

जक्सन डटकम 
जेष्ठ ९, पोखरा 
पृथ्वी राजमार्गको बेनिघाट रोराङ(१० स्थित हुग्दिखोला पुलबाट ट्रक खोला खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।  काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख १५६८ नं को ट्रक उक्त पुलबाट खोलामा खसेको थियो । ट्रक खस्दा सख्त घाइते भएका ३ जना मध्ये ट्रकमा सवार मध्यविन्दु नपा(१० निवासी २३ वर्षीय शेरबहादुर लोमईमगरको मलेखुस्थित अस्पतालमा मृत्यु भएको गजुरी स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए । अन्य घाइते मध्ये नवलपसारी अरुणखोला बस्ने वर्ष २५ का ट्रक चालक मनोज आले र अर्घाखाँची जिल्ला सितकगंगा नपा निवासी मेघबहादुर घर्तीलाई थप उपचारार्थ कामठमाडौं पठाइएको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनहरु पुलको मुखैमा ओह्रालो र मोड रहेका कारण अनियन्त्रित भइ पुलबाट खस्ने गरेका छन् । विगत ४ वर्षकाअवधीमा मंगलबार बिहान भएको घटना सहित यसै पूलबाट ९ वटा ट्रक खसेर ८ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Write a Comment

Events