भक्तपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
23-May-2018

जक्सन डटकम 
जेष्ठ ९, पोखरा 
भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
बा ३ ख ६६७४ ट्रकको ठक्करबाट बा ५६ प १२२७ स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवाल, दोलखाकी ४० वर्षीया सविता घिमिरे र १३ वर्षीय अनिन्द्र घिमिरे रहेका छन्।

 

Write a Comment