सामुहिक बलात्कारमा एक सैनिकसहित ५ जना प्रकाउ
24-May-2018

जक्सन डटकम 
जेष्ठ १०, पोखरा
केही महिना अघि गुल्मीको पौदीअमराईमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक बलात्कार गर्ने एक सैनिक जवानसहित पाँच जनालाई जिल्ला अदालत गुल्मीले १० वर्ष सम्मको जेल सजाएँको फैसला गरेको छ ।
२०७४ साल असोज १५ गते राती मुसिकोट नगरपालिका वडा नम्वर १, पौदी अमराईको थामडाँडामा अन्दाजी ३५ वर्षिया महिलालाई सामुहिक बलात्कार गरेको आशंकामा अर्को दिन विहान पौंदी अमराई प्रहरी चौकीको पट्रोलिङ्ग टोलीले ती महिलालाई फेला पारेको थियो ।
अनुसन्धान गर्दै जाँदा अन्दाजी ३५ वर्षिया मानसिक सन्तुलन ठिक नभएकी ती महिलालाई बलात्कार गरेको पत्ता लगाई मुसिकोट नगरपालिका वडा नम्वर १, पौदी अमराईका १८ वर्षिय बुद्ध नेपाली, सोही स्थानका १६ वर्षिय सुरेश नेपाली, वर्ष १६ का रेशम नेपाली, वर्ष २४ का ध्रुव थापा र वर्ष १८ का हरिबहादुर खत्रीसहितका पाँच जनाले सामुहिक बलात्कार गरेको पाएको थियो । त्यसको अर्को दिन बिहान तीनिहरुलाई त्यहाँकै प्रहरी चौकीले पक्राउ गरी जिल्लामा पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले निजहरु विरुद्ध सामुहिक रुपमा जवरजस्ती करणीको मुद्धा अदालतमा दायर गरे अनुरुप जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजलासले उनिहरुलाई कैद सजाएँको फैसला गरेको हो ।
आज जिल्ला प्रहरी कार्यालय गुल्मीले पठाएको विवरण अनुसार पाँच जना मध्ये चार जनालाई मुलुकी ऐन जवरजस्ती करणीको महल–१ नम्वर विपरित महल–३ को देहाए–५ नम्वर वमोजिम कशुर गरेको देखिदा ऐ।महलको ३ को दाहाय ५ नम्वर वमोजिम ५ वर्ष र सोही महलको ३ क वमोजिम थप ५ वर्ष गरी १० वर्ष कैद सजाएँ र जनही २५ हजार जरीवानाको फैसला सुनाएको छ ।
त्यस्तै रेशम नेपाली नावालक देखिएकोले त्यसको आधा सजाएँको फैसला भएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । बलात्कार अभियोगी पाँच जना मध्ये धु्रव थापा नेपाली सेनाका रिगरुट जवान थिए ।
दशै मान्न विदामा घर आएका थापा अल्लारे युवाहरुको पछाडी लागेर मानसिक सन्तुलन ठिक नभएकी महिलालाई वलात्कार गर्दा भर्खर खाएको नेपाली सेनाका जागिरबाट हात धुँदै जेल सजाएँ भोगिरहेका छन् । उक्त अभियोगमा स्वर्णिम भविश्य बोकेका अन्य युवाहरुको समेत जिन्दगीको सपना चकनाचुर भएको छ ।

 

Write a Comment