लुक्लामा फँसेका भारतीय पर्यटकको उद्धार
28-May-2018

जक्सन डटकम
जेष्ठ १४, पोखरा 

 

खराब मौसमका कारण लुक्लामा फँसेका भारतीय पर्यटकहरुको उद्धारका लागि भारतीय विदेशमन्त्री सुस्मा स्वराजले हस्तक्षेप गर्नुपरेको छ ।
खराब मौसमका कारण नियमित विमान उडान प्रभावित भएपछि केही भारतीयहरु दुई दिनदेखि लुक्लामा फँसेका थिए । लुक्लामा फँसेका भारतीयहरु मध्ये एक अमित थडानीले ट्वीट गर्दै यसमा सुस्मा स्वराजको सहयोग मागेका थिए । स्वराजले तत्कालै नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई उनीहरुको उद्धार गर्न निर्देशन दिएकी थिइन् ।
‘हामी दुई दिनदेखि लुक्लामा फँसेका छौँ । हेलिकप्टर कम्पनीका लुटेराहरुले काठमाडौँसम्म जानका लागि हामीसँग एक जना बराबर ६ सय डलर माग गरिरहेका छन् । जबकी हामीले काठमाडौँबाट लुक्ला आउन २ सय डलर तिरेका थियौँ । के तपाईंले हामीलाई सहयोग गर्न सक्नुहुन्छ रु,’ थडानीले ट्वीट गरेका थिए ।


सुस्माको निर्देशनपछि नेपालस्थित भारतीय दूतावासले फँसेका भारतीय नागरिकको उद्धार गर्ने प्रयास भइरहेको जवाफ दिएको थियो 

हामी उनीहरुसँग सम्पर्कमा छौँ । खराब मौसमका कारण उनीहरुको फ्ल्याइट रद्द भएको थियो । हामी हेलिकप्टरबाट उनीहरुको उद्धार गर्न प्रयास गर्दैछौँ,’ दूतावासले भनेको थियो ।
अहिले उनीहरुलाई हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको छ । त्यहाँ रहेका भारतीय मध्ये एक सौरभ घोषले आफूहरु काठमाडौँ आइपुगेको भन्दै तस्विर सार्वजनिक गरेका छन् ।

 

 

Write a Comment