सरकारलाई कुरा होइन, काम गरेर देखाउन चुनौती दिए: देउवा
29-May-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ १५ 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कामै गरेर देखाउन चुनौती दिएका छन्।
सभापति देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन पनि सरकारलाई चेतावनी समेत दिए।
गणतन्त्र दिवसको अवसर पारेर गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुई तिहाई बढी सांसदहरूको समर्थन पाएको वामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको स्पष्ट पारे।
सभापति देउवाले सरकारमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको धारणा पनि राखे। उनले कम्युनिष्टहरू प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि सबैभन्दा खुसीको कुरा भएको प्रतिक्रिया पनि दिए।
सभापति देउवाले मुलुकको विकासका लागि बाह्य लगानी भित्र्याउन पनि सरकारलाई सुझाव दिए। उनले मुलुक गरिब भएकाले बाह्य लगानी भित्र्याउनुको विकल्प नरहेको पनि स्मरण गराए।
सभापति देउवाले बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलबरभत्ता खुवाउन पनि समस्या पर्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
सभापति देउवाले बाह्य लगानी भित्र्याउनका लागि लगानी सुरक्षाको ग्यारेन्टी गर्न पनि सरकारलाई सुझाव दिए।

 

Write a Comment

Events
Random Picks