एसइईको नतिजा असार दोस्रो सातामा प्रकाशित हुने
31-May-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ १७ 
कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित हुने भएको छ । 
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका पनि आएन, केही उत्तर पुस्तिका अझै आउँने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।”
नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि पनिकामा समेत यस वर्ष नयाँ कर्मचारी आएका कारण संपरीक्षण लगायतका कार्यमा ढिलाइ हँुदै गएकाले नतिजा ढिलाइ हुने भएको हो । गत चैत ८ गतेबाट शुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।

 

Write a Comment