एसएसपी खत्रीको बयान–सुन नै नभेटी सुन तस्कर भन्न मिल्छ?
31-May-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ १७ 
झन्डै दुई महिना गायब भएका साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं हाजिर भएका एसएसपी श्याम खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारी समेत नभएको बताएका छन् । 
खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन् । बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई नै थाहा भएको बयान दिएका थिए ।
गोरेले बयानका क्रममा खत्रीले सुन निकालेबापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए । 

 

Write a Comment

Events
Random Picks