शून्य किलो सुनकाण्ड १ गृहमन्त्रीभन्दा ‘गोरे ग्याङ’ बलियो !
5-June-2018

जक्सन डटकम 
पोखरा, जेठ २२  

अहिलेको चर्चित प्रकरण हो, साढे ३३ किलो सुनकाण्ड । तर, यसलाई सुन तस्करहरुले ‘शून्य किलो सुनकाण्ड’ मा ढिसमिस गरेर गृहमन्त्रालयको अप्रेसनलाई असफल बनाउने प्रयास थालेका छन् ।
ज-जसलाई ‘साढे ३३ किलो सुनकाण्ड’ मा समातिएको छ, उनीहरुले एक लाल पनि सुन बरामद नभएका कारण तस्करी प्रमाणित हुनै नसक्ने जिकिर गर्न थालि
र, पछिल्लो समय गृहमन्त्री रामहादुर थापा बादलभन्दा सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुको स्वर चर्को देखिन थालेको छ ।
गृहमन्त्रालय रक्षात्मक बन्दैछ । सँगसँगै सुन तस्करीको मुद्दा एकपछि अर्को गर्दै कमजोर बन्न थालेको छ ।
यो प्रकरणमा मूलतः दुईवटा अपराध सतहमा आएका छन् र छानविन गर्नुपर्ने विषय पनि यिनै दुईवटा हुन्ः एउटा(सुन तस्करी एवं संगठित अपराध । अनि अर्को चाहिँ सनम शाक्यको हत्या भएकाले ज्यान सम्बन्धी अपराधको अनुसन्धान ।
अहिलेसम्म साढे ३३ किलो सुन नभेटिए पनि सनमको शवचाहिँ भेटिइसकेकाले ज्यान मुद्दाबाट गोरेको ग्याङ उम्कन कठिन छैन ।
खोइ त साढे ३३ किलो सुन रु
विहीबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका एसएसपी श्यामबहादुर खत्रीले अदालतमा दिएको वयानमा भनेका छन्, ‘यस मुद्दामा सुन नै बरामद भएको छैन । यसरी सुन नै बरामद नभएको कुरामा म उपर यस्तो झूठा मुद्दा लगाई मलाइ पूर्णरुपमा फसाउन खोजेको हो ।’
खत्रीले आफू विमानस्थल भन्सारमा कार्यरत रहँदा गोरेले सून सम्बन्धी सूचनाहरु दिएर सहयोग गरेको भन्दै उनको वचाउ गरेका छन् । साथै गोरे डीआइजी गोविन्द निरौलाको मान्छे भएको खत्रीले बारम्बार दोहोर्या एका छन् ।
एसएसपी खत्री पहिले पनि सुनकाण्डमा समातिएर पाटन उच्च अदालतमा साधारण तारेखमा छाडिएका प्रहरी अधिकारी हुन् । अहिलेको प्रकरणमा उनी दोषी छन् कि छैनन् रु यो अनुसन्धानकै विषय हो । तर, खत्रीले दिएको वयान पनि फौजदारी न्यायशास्त्रमा कम्ता रोचक छैन ।
सुन नै छैन, कसरी म सुन तस्कर भएँ रु
भोलि यही तर्काधारमा अदालतले खत्री र अन्य आरोपीलाई विगतमा जस्तै रिहा गरिदियो भने गृहमन्त्रालयको तस्कर समात्ने अभियान बीचैमा तुहिन सक्छ । किनभने, विगतमा पनि तस्करहरु यसैगरी जोगिँदै आएका छन् । र, सरकारले हार व्यहोर्दै आएको छ ।
साढे ३३ किलो सुनकाण्ड प्रकरणमा अहिले गृहमन्त्रालयको पहलकदमीमा जसरी मुद्दा अगाडि बढाइएको छ, यसलाई असफल बनाउन तस्करहरुका तर्फबाट पैसा खाएर वकालत गर्ने विद्वान वकिलहरु अनेकन जालझेल र कुतर्कमा जुटिसकेका छन् । श्यामबहादुर खत्रीको वयान पनि तिनै वकिलहरुले घोकाएर पठाएको विद्या हो ।
अब तस्करहरुको पहिलो प्रयास ‘३३ किलो सुन प्रकरण’लाई ‘शून्य किलो सुन प्रकरण’ मा परिणत गर्ने हुनेछ । सुन नै बरामद भएको छैन, अनि कसरी र कुन सुन हामीले तस्करी गर्यौंल रु यही प्रश्नलाई तस्करहरुले आफ्नो तर्काधार बनाउने छन् ।
किनभने, तस्करीको भनिएको साढे ३३ किलो सुन कहाँ छ, अहिलेसम्म पत्तो लगोको छैन । यो पत्ता नलगाउने हो भने मुद्दा निकै नै फितलो बन्न जानेछ र यसको फाइदा तस्करहरुले उठाउने निश्चित छ ।
अब गृहमन्त्रालयले सुन तस्करहरुलाई उम्कन नदिने हो भने अनामनगरबाट गायव भएको भनिएको साढे ३३ किलो सुन कहाँ छ, त्यो पत्ता लगाउनु पहिलो शर्त हो । त्यो सुन बरामद भयो भने मुद्दा बलियो हुनेछ ।
गोरेलाई जोगाउने चलखेल १
सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ भागेर भारत पुगेका थिए । तर, उनी गौरीघाटबाट पक्राउ परे । उनले छिरिङ वाङ्गेल वा श्यामबहादुर खत्रीले जसरी मोरङ अदालतमा आत्मसमर्पण गरेका होइनन् ।
कुनै सरकारी अधिकारी वा सुरक्षा निकायको साथ विना गोरे सकुशल गौरीघाटस्थित घरमा प्रवेश सम्भव थिएन । प्रहरीको खोजीको सूचीमा रहेका उनी कसरी गौरीघाट आइपुगे रु यो वस्तुस्थितिलाई हेरेर कतिपयले गोरेले प्रहरी र सरकारी अधिकारीहरुसँग सेटिङ मिलाएर गिरफ्तारी दिएको अनुमान लगाएका छन् ।
गोरेका ससुराली नेकपाका ठूला नेता हुन् । यसका साथै वकिल विद्या जानेका आफन्तहरुको पनि आड र संरक्षण रहेकाले गोरेले गौरीघाटमा आएर गिरफ्तारी दिएको बुझ्न सकिन्छ ।
पक्राउ परेका गोरेमाथि दुईवटा सजायँ हुन सक्छ, एउटा सुन तस्करी र संगठित अपराधमा । र, अर्को सनम शाक्यको हत्या गरेको अभियोगमा ज्यान सजाय । सुन तस्करीमा छुटे पनि वा कम सजायँ भए पनि सनम हत्यामा गोरे फस्न सक्ने सम्भावना प्रवल छ ।
तर, यी दुबै प्रकरणबाट गोरेलाई फुर्सद दिलाउनका लागि विद्वान अधिवक्ताहरु लागिपरेका छन् । प्रथमतः सुनै बरामद नभएकाले सुन तस्करी गरेको देखिएन भन्ने अनि दोस्रोचाहिँ सनमको हत्यामा गोरे संलग्न नरहेको, कुटपिटमात्रै गरेको तर अरुले नै मारेको भनेर उसलाई फुर्सद दिलाउने प्रयास वकिलहरुले थालिसकेका छन् ।
गोरेलाई जोगाउनका लागि उनका अन्य सहयोगीलाई मात्रै सनमका हत्यारा करार गर्ने प्रयासमा गोरेका वकिलहरु लागेका छन् ।
प्रहरीको संलग्नताले उब्जाएको प्रश्न
यो प्रकरणमा केही प्रहरीसमेत समातिएका छन् । केही प्रहरी सुन तस्करीको अभियोगमा समातिएका छन् भने केही चाहिँ अनुसन्धानकै क्रममा लागेका भनिएका पनि पक्राउ परेका छन् ।
आइतबार पाटनढोकामा आयोजित एक कार्यक्रममा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी र पूर्वडीआइजीद्वय रमेश खरेल अनि हेमन्त मल्ल ठकुरीले प्रहरीलाई पक्राउ गरिनु गलत भएको बताएपछि गृहमन्त्रालयसमेत झस्कियो । गृहले सोमबार प्रेस विज्ञप्ति नै जारी गरेर पूर्वप्रहरी अधिकारीको भनाइप्रति आपत्ति जनाएको छ । विनाआधार कसैलाई पनि नपक्रिएको गृहको दाबी छ ।
तथापि यो घटनामा प्रहरीको संलग्नता एउटा गम्भीर प्रश्न हो । मोरङमा भएको अपराधको घटनामा काठमाडौंबाट प्रहरी खटिनु, सनमको लास गाडीमा बोकेर काठमाडौंका ती प्रहरी अधिकारीहरु धरान र इटहरीतिर घुमघाम गर्नु, गोरेसँग केही प्रहरीको पुरानै साँठगाँठ रहनु आदि हेर्दा यो हर्कतलाई ‘अण्डर कभर अप्रेसन’ मात्रै मान्न सकिने अवस्था देखिन्न ।
तै पनि केही प्रहरी अधिकारीहरुले गृहमन्त्रालयसँग गुनासो गर्न थालेका छन्, जसले गृहमन्त्री र प्रहरी प्रशासनवीचमै यो काण्डबारे अन्तरविरोधको संकेत गर्न थालेको छ । आइतबार तीन पूर्वप्रहरी अधिकारीले दिएको अभिव्यक्ति यसैको संकेत हो ।
तर, ती प्रहरी अधिकारीहरु पनि अहिलेको प्रहरी नेतृत्व सर्वेन्द्र खनालको भूमिकालाई सही देख्ने र अघिल्ला आइजीपी प्रकाश अर्यालतिरमात्रै दोष थोपर्ने पूर्वाग्रहबाट ग्रसित देखिएका छन् । यसले प्रहरी संगठनभित्रै एउटाले अर्कोलाई दोषी देखाउने रोग पसिसकेको संकेत गर्छ ।
किनभने यो काण्डमा प्रहरी अधिकारीहरु मुछिँदा प्रकाश अर्यालमात्रै मौन रहेका हैनन् कि सर्वेन्द्र खनाल पनि मौन छन् । पक्राउ परेका प्रहरीका अधिकारीको बचाउमा खनाल पनि बोलेका छैनन् । पूर्व डीआइजीको आग्रहचाहिँ के देखिन्छ भने प्रहरी नेतृत्वले उनीहरुको पक्षमा बोल्नुपर्छ र तिनलाई बचाउनुपर्छ ।
गोरेलाई देखाएर ठूला माछा गायव १
अहिलेसम्म विभिन्न व्यक्तिका वयान र प्रारम्भिक तथ्यहरुलाई हेर्दा विमानस्थलबाट सुनको अवैध कारोबार गर्ने महत्वपूर्ण व्यक्तिमा मोहन अग्रवाल र तिनका दुई दाजुभाइहरु पनि हुन् । तर, उनीहरु फरार छन् ।
भरियाहरु पक्राउ गर्ने तर मालिक कहिल्यै पक्राउ नपर्ने तितो अनुभव छ । त्यसैले अहिले पनि सबै थोक गोरे हुन् भनेर अरुलाई छाड्ने त होइन भन्ने आशंका छ ।
त्यसो त सुन तस्करीमा गोरे कान्छो सदस्य हुन् । उनीभन्दा अगाडि नै भुजुङ गुरुङको समूहले पञ्चायतकालदेखि नै नियमितरुपमा सुन तस्करी गर्दै आइरहेको थियो ।
यीबाहेक सुन तस्करीमा अन्य राजनीतिक दलका नेता र ठूला व्यापारीको पनि संलग्नता रहेको अनुमान गरिँदै आएको छ । तर, यसमा गोरेतिर देखाएर ठूला अपराधीहरुका छेउमै नपुगी अनुसन्धान सकिने सम्भावना बढ्न थालेको छ । किनभने यो मुद्दा अब गृहमन्त्रालयको भन्दा पनि मोरङ जिल्ला अदालतको हातमा छ ।
र, यो स्थितिमा अब साढे ३३ किलो सुन प्रकरणमा ठूलो माछा छुट्ने त होइन भन्ने आशंका गर्नेहरु पनि भेटिन थालेका छन् ।
बरु समातिएकाहरु सहजै छुटे भने अब अचम्म नमान्दा हुन्छ । यो सुनकाण्डमा सघन अप्रेसन चलाएकोमा गृहमन्त्री रामबहादुर थापाले जनमानसबाट स्याब्बासी र प्रशंसा पाइरहेका छन् । गृहमन्त्रीको कदममा जनताको राम्रो साथ देखिएको छ । तर, यो प्रशंसा त्यसबेलासम्म कायम रहनेछ, जतिबेलासम्म दोषीहरु उम्कने छैनन् ।

साभाार: अनलाइन खबर
 

 

 

Write a Comment