मदनकृष्ण श्रेष्ठले भने, ‘मेरो चार वटा गियर छ’
10-June-2018

जक्सन डटकम
पोखरा, जेष्ठ २७

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो चार वटा गियर रहेको बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको ‘तुलसीपुर बृहत साहित्य उत्सव’ मा उनले आफ्नो चार वटा र हरिवंश आचार्यको १८ वटा गियर रहेको बताएका हुन्।

तपाईँ र हरिवंशलाई एउटा पद बाँड्नु परे के गर्नु हुन्थ्योरु भन्ने प्रश्नमा उनले त्यस्तो अवस्थामा एउटा राष्ट्रपति र अर्कौ प्रधानमन्त्री बन्दा राम्रो हुने जवाफ दिए। हरिवंशसांग भेट नभएको भए जीवन के हुने थिए भनेर भन्न नसक्ने बताउँदै उनले ‘यमलोक’ को बिक्रिबाटै म र हरिवंशले काठमाडौंमा घर बनाएको जानकारी दिए।

जीवनमा हाँस्यव्यङ्ग्यमा आउँछु भन्ने कहिलै कल्पना नगरेको बताएका उनले आफूले हँसाएको भन्दा अरू हाँसेको मनपर्ने तर्क गरे। कलम र क्यामेरा जीवनमा सँगसँगै चलाएका उनले संगीतलाई प्यारो गाउँको घर र हाँस्यव्यङ्ग्य विधालाई शहरको घरसँग तुलना गरे।

पञ्चायतकालमा सोझै बोल्न नपाइने भए पनि प्रतिकात्मक रुपमा कलाको माध्यमबाट प्रहसन गर्ने गरेको तथा तत्कालिन अञ्चलाधीशलाई देखाएर सेन्सरपछि मात्रै कार्यक्रम गर्ने गरेको अनुभव बाँडे।

बिहान दैनिक नौ सय पाईलादेखि ४५ सय पाईलासम्म हिड्ने गरेका उनले पछिल्लो समय आफूले प्रेसर र कम्पनको औषधि खाने गरेको जानकारी दिए।

जीवनलाई पहाडको उकालो ओरालो बाटोसँग तुलना गरेका उनले कतिपय लेखन र अभियनमा आफ्नो जीवनको भोगाई आधार बनेको जानकारी दिए।

कलाकार श्रेष्ठले जीवनमा नेगेटिभ हुँदा कुनै फाईदा नहुने हुँदा सबैसँग बुद्ध वचन बोल्नु ठिक हुने धारणा राखे। उनले केही दिन पहिले एउटा सञ्चारमाध्यमले मह जोडीलाई अमेरिकन राजदूतावासले पालेको तथा पाँच करोड रूपैंया दिएको जस्ता तथ्यहिन समाचार आएको समयमा आफूलाई पनि रिसाउन मन लागेपनि त्यसको वास्तै नगरेर आनन्द लिएको बताए।

उनले देशको अवस्था देख्दा दुःख लाग्ने गरेको भए पनि भविस्यमा राम्रो हुन्छ भन्ने आशा गर्नुपर्ने बताए।

बरिष्ठ कलाकार श्रेष्ठले नेताले घुस खान नहुने तथा सम्वृद्धिका लागि कर्मचारीले राम्रोसँग काम गर्न आवश्यक रहेको बताए। शिक्षित व्यक्ति भएमा मात्रै लोकतन्त्र मजवुत हुने बताउँदै उनले देशमा अझैं अशिक्षा विद्यमान रहेकाले त्यसको अन्य गर्नु अपरिहार्य रहेको बताए।

कलाकार श्रेष्ठलाई मदन पुरस्कार प्राप्त गर्न सफल ‘सेतो धर्ती’का लेखक अमर न्यौपाने र सर्वसाधारणले पनि प्रश्न गरेका थिए।

कार्यक्रमको अन्त्यमा उनले स्वर्गीय पत्नीको सम्झनामा लेखिएको भनिएको र रेकर्ड गर्न बाँकी नै रहेको यो गीत गाएका थिए।

गीतको अन्तरा ।।।

तिमी जुन जस्तै लाग्छ प्यारो

तिमी जुन जस्तै लाग्छौ सितल

तर जुन जस्तै टाढा टाढा धेरै टाढा ।।।

Write a Comment

Events
Random Picks