इजरायली दूताबासमा प्रहरीका असईले आफैंमाथि गोली चलाएर आत्महत्या गरे
10-June-2018


जक्सन डटकम 
पोखरा, जेष्ठ २७
राजधानीको लाजिम्पाटस्थित इजरायली राजदूताबासमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै निधारमा गोली हानेर आत्महत्या गरेका छन् । 
बिहान करीब साढे १० बजेतिर दूताबासस्थित ब्यारेकमा असई अनुपराज थापाले निधानमा  आफैंलाई गोली हाने आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । 
स्थायी घर भक्तपपुर भएका २६ वर्षीय थापा महानगरीय प्रहरी पहरा गणबाट इजरायली दूताबासको सूरक्षामा खटिएका थिए ।  घटनाबारे अनुन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । 
 सोत्: रातोपाटी

 

Write a Comment

Events
Random Picks