सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्न गोरे,एसएसपी खत्री र गुरुङलाई काठमाडौं ल्याइयो
11-June-2018

जक्सन डटकम
पोखरा, जेष्ठ २८
३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा पक्राउ परेका चुडामणी उप्रेती गोरेसहितका ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
गोरेसहित एसएसपी श्याम खत्री, फुजुङ गुरुङ्गलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो। पूर्पक्षका लागि जेलमा रहेका मध्ये ३ जनालाई मात्र सोमबार विहान काठमाडौं ल्याइएको हो।
अब उनीहरुमाथि सम्पत्ति सुद्धिकरण विभागले समेत अकुत सम्पत्ति कमाएको भन्दै छानबिन अघि बढाउने गृहको भनाइ छ। सुन छानविन गर्न गठित छानबिन समितिले उनीहरुमाथि छानबिन गर्न सम्पत्ति सुद्धिकरण विभागसँग आग्रह गरेपछि विभागले उनीहरुलाई काठमाडौंमा नै ल्याएर छानबिन अघि बढाउन लागेको हो।
गोरसहित खत्री, गुरुङमाथि आजबाट अनुसन्धान शुरु गरिने सम्पत्ति सुद्धिकरण विभागका सुचना अधिकारी विनोद लामिछानेले जानकारी दिए। अनुसन्धान गरेपछि उनीहरुलाई कहाँ राखिने भन्ने प्रश्नमा लामिछानेले भने, विभागको आफ्नै कस्टडी छैन् सुरक्षा निकायहरुसँग समन्वय गरेर कतै राखिन्छ।

 

Write a Comment

Events
Random Picks