जडीबुटी दुर्घटना अपडेट: मृतकको सनाखत
13-June-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ ३०

बुधबार बिहान जडिबुटीमा टिपरको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ।
महानगरीय ट्राफिकका अनुसार मृत्यु हुनेमा रौतहट गौर घर भइ हाल काभ्रे बनेपा बस्ने २४ वर्षीया अस्मिता राजभण्डारी रहेकी छन्।
जडिबुटी चोकस्थित आकाशे पुलमुनि भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा४ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार उनको मृत्यु भएको हो।
दुर्घटनामा संलग्न दुवै सवारी साधनहरूसहित ट्रक चालक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा रहेको छ ।

Write a Comment

Events
Random Picks