चर्च बालिक मृत्यु प्रकरण : चर्चका पादरी बिरुद्ध कर्तब्य ज्यान मुद्दा
13-August-2015

पर्वत २८ साउन । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार स्थित खत्रीटोल बस्दै आएकी एक बालिकाको रहस्यमय मृत्यु भएको घटनामा चर्चकी सञ्चालिका बिरुद्ध कर्तब्य ज्यानमा मुद्दा दर्ता भएको छ। कुश्मा नगरपालिका ९ मा रहेको प्रभु यशु  मण्डली चर्चकी सञ्चालिका लक्ष्मी गुरुङ्गका बिरुद्ध कर्तब्य ज्यानमा मुद्दा दर्ता भएको हो । 

मृतक स्तर नेपालीका  बाबु शंकर नेपालीले छोरीको मृत्यु कर्तब्यबाट भएको भन्दै प्रहरीमा जाहेरी दिएका हुन । शंकर नेपाली र  बसन्ती नेपालीकी ९ महिनाकी छोरी स्तर नेपालीका चर्चमा रहेको बेला सोमबार मृत्यु भएको थियो ।मृतककी आमा बसन्तीले सोमवार विहान साढे ११ बजे खाना ख्वाएर सुताएकी छोरी दिउँसो  चार बजे बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लैजाँदै गर्दा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । छोरीलाई जर्बजस्ती पानी खुवाउँदा मृत्यु भएको दाबी सहित नेपालीले कर्तब्य ज्यान मुद्दामा काबार्ही गर्न जाहेरी दिएका हुन । प्रहरीले लक्ष्मी गुरुङ्गलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

प्रभु यशु मण्डली चर्चमा लगेर बच्चालाई सुताएर आमा बसन्ती चर्चकै कामले बजार निस्किएकी थिईन । सोही अवस्थामा बालक बेहोस भेटिएको र अस्पताल पुग्दा मृत घोषणा गरिएकाले उनको मृत्युलाई संकास्पद देखिएको थियो । चर्चका सञ्चालकले बिभिन्न रोग निको बनाउने बताउँदै कुस्मा बजारका सर्वसाधरणलाई जम्मा गर्दै आएका कारण पनि थप अनुसन्धान आवश्यक भएको भन्दै स्थानियबासीहरु प्रहरीलाई दबाब दिन बिहीबार जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेका थिए ।

Write a Comment

Events
Random Picks