ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
22-June-2018


जक्सन डटकम
पोखरा, असार ८
सानोठिमीमा शुक्रबार बिहान ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेको प्रहरीले जनाएको छ।
बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकै क्रममा ग्वार्कोस्थित बी.एण्ड.बी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

Write a Comment

Events
Random Picks