घुम्ती शिविरमा ६ सय ६५ लाई नागरिकता बाँडियो
22-June-2018

जक्सन डटकम  
पोखरा, असार ८  
खत्याड गाउँपालिकाको गम्थामा संचालित एकीकृत घुम्ती शिविरमा ६ सय ६५ जनालाई नागरिकता वितरण गरिएको छ । एक साता लामो शिविरमा ३३ जनालाई नाबालक परिचयपत्र, ४८ जनालाई अपाङ्ग परिचयपत्र, २० जनालाई मालपोतबाट राजिनामा बकसपत्र लगायतका सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

उक्त शिविरमा १ सय ३ वर्षकी एक महिलालाई पनि नागरिकता दिएको उनले बताए।

शिविरमा स्थानीय तह प्रमुख–उपप्रमुख र वडाअध्यक्षलाई तीनदिने पारदर्शिता तालिम समेत दिइएको छ।

Write a Comment

Events
Random Picks