सट्टेबाजीमा २ करोड ठगीको अभियोगमा ‘नागराज’ पक्राउ
24-June-2018


जक्सन डटकम 
पोखरा, असार १० 

सन् २०१८ अप्रिलदेखि मे सम्म भारतमा चलेको इन्डियन प्रिमियर लिग (आइपीएल) का बेला सट्टेबाजी गरी २ करोड ठगेको अभियोगमा जनकपुर उपमहानगरपालिका ३ का नागराज भन्ने अमृत अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
भारतमा आइपिएल चलिरहेका बेला उनले महोत्तरी मनरा सिसुवा नगरपालिकाका राकेश सिंह लगायतसँग २ करोड रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी गर्न पैसा राखेपछि आफ्नो टिमले जिते ३ महिनामा दोब्बर हुने र हारे पैसा फिर्ता हुने प्रलोभन देखाएर सिंह लगायतसँग पैसा उठाएका थिए। पैसा उठाएर सम्पर्कविहीन भएपछि उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो। प्रहरीले नागराजलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।

 

Write a Comment

Events
Random Picks