विराटनगर सामुदायिक विद्यालयकी छात्राले ल्याइन् ४ जीपीए
24-June-2018


जक्सन डटकम 
पोखरा, असार १० 

शनिवार सार्वजनिक भएको २०७४ को एसईईको नतिजामा विराटनगरका दुई छात्राले ४ जीपीएमा ४ नै ल्याएका छन् । अंग्रेजी माध्यमवाट पढाई हुने विराटनगरको सामुदायीक स्कुल पोखरीया माध्यामिक विद्यालयकी समीक्षा नेपाल र एभरेष्ट बोर्डिङ स्कुलकी कृतिका थापाले ४ जीपीए ल्याएका हुन्। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनीक गरेको नतिजा अनुसार ४ जीपीएमा ४ नै ल्याउने मुलुक भरीमा २४ जना छन्।

समीक्षाको भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने धोको छ। उनका बाबु अर्जुन नेपाल सुनसरीको बर्जु गाउँपालिकाका सचिव र आमा सविता गृहणी हुन्। नेपाल परिवारका ५ छोरी मध्ये समीक्षा कान्छी हुन्। उनका अरु चार दिदी सबैले ब्याचलर गरिसकेका छन्। आमा सविताले भनिन्, ‘कृतिका घरमा कसैले कर नगरी आफैँ पढ्न बस्थिन्। ’

विद्यालय समय बाहेक घरमा हरेक दिन विहान बेलुका ५ घण्टा पढ्ने समीक्षालाई आफ्ना चार दिदीहरुको पढाईले पनि मेहनत गरेर पढ्न उत्साहित गरेको पाइएको छ। ‘घरमा सबै पढ्ने भएपछि मपनि विहान बेलुका नियमित पढ्न बस्थेँ । ’ उनले भनिन् , ‘विद्यालयको सिकाई र घरमा गरेको मेहनत नै आफ्नो सफलताको मार्ग हो।’

अहिलेसम्म एक दिनपनि ट्यिूसन नपढेको बताउने समीक्षाले एसईईको पूर्वसन्ध्यामा विद्यालयले सञ्चालन गरेको तीन महिने कोचिङ पढेकी थिइन्। ‘बाबा आमाले चारवटी दिदीहरुलाई जित्नेगरी पढ है कान्छी भन्नु हुन्थ्यो।’ उनले भनिन्, ‘मैलेपनि उहाँहरुको आदेश अनुसार मेहनत गर्दा नसोचेको सफलता पाएँ। ’

उनलाई जीपीए ४ मा ४ नै आउने कल्पना थिएन। उनले भनिन्, ‘ए प्लस चाही पक्कै आउँछ भन्ने लागेको थियो, तर जीपीए ४ मा ४ नै आउँछ भन्ने सोचेको पनि थिएन। ’ उनको सिम्बल नम्बर ८०९०१०४ ‘एफ’ हो।

विद्यालयका प्राचार्य खेमराज भट्टराईले समीक्षाको अध्ययन सबै विषयमा अब्बल थियो। उनी कक्षामा आफ्ना सहपाठीहरुलाई पनि सिकाउँथिन। उनले भने, ‘समीक्षा कै कारण यो विद्यालयले आफ्नो इतिहासमै पहिलोपटक उत्कृष्ट नतिजा ल्यायो। यो विद्यालयबाट २०७४ मा २ सय ५१ जनाले एसईई दिएकोमा ७२ जनाले ए प्लस ल्याएका छन्। ’ भट्टराईका अनुसार ८८ जनाले ए र ४२ जनाले बी प्लस ल्याएका हुन्। त्यसैगरी बाँकी ३९ जनाले सी प्लस र सी ग्रेड ल्याएका छन्।

एभरेष्ट बोर्डिङ स्कुलबाट ४ जीपीए ल्याएकी कृतिका थापाको भविष्यमा डाक्टर बन्ने लक्ष्य छ। उनले अहिले सम्म ट्यिूसन पढेकी छैनन्। विद्यालयको पढाई र घरमा आफूले गरेको मेहनतकै कारण सफलता मिलेको उनको भनाई छ। ‘ट्यिूसन पढ्दैमा टप होइन्छ भन्ने मलाई लाग्दैन थियो। ’ उनले भनिन्, ‘पढाई सम्बन्धी विद्यालय र घरको कडा अनुशासनले नै मलाई मेहनती बनाउँदा यो सफलता मिल्यो।’

सिम्बल नम्बर ९७६५९ ‘सी’ भएकी कृतिका राती कहिल्यै पनि १० बजे अगाडि र त्यसभन्दा पछाडि नसुतेको बताइन्। बेलुका स्कुलबाट घर गएपछि आधा घण्टा रेष्ट गरेपछि साँझ ८ बजे कोठाबाट खाना खान निस्कन्थिन्।

उनका दाजु केशवका अनुसार त्यसपछि आधा घण्टा रेष्ट गरेर ठिक १० बजे सुत्थी। विहान हरेक दिन ६ बजे उठ्ने कृतिका उठेपछि कम्तिमा अढाई घण्टा पढेर विद्यालय जाने गरेको उनका दाजूले बताए।

 

Write a Comment

Events
Random Picks