बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना गम्भीर घाइते
26-June-2018


जक्सन डटकम
पोखरा, असार १२
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन ।
सोही मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका–४ निवासी १५ वर्षीय उमेश खड्का र अमर लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको उक्त कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ ।

 

Write a Comment

Events