
जक्सन डटकम
पोखरा, असार १५
काठमाडौंको धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार बा ३ ख ३७४९ को बस सडकबाट अनियन्त्रित भई बालाजुस्थित जरंखु खोलामा खसेको हो।
शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइते भएका १२ जनालाई ग्राण्डी अस्पतालमा र ३ जनालाई शिक्षण अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ। दुर्घटनाको कारण भने खुलेको छैन।
सोत्र: सेतोपाटी