कान्तिपुरका उपसम्पादक यादव थपलियाको निधन
29-June-2018

 

जक्सन डटकम 
पोखरा, असार १५  
कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ । बुधबार राति काठमाडौं मेडिकल कलेज (केएकसी) सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार अपराह्न करिब पौने तीन बजे निधन भएको थियो । आइतबारदेखि सामान्य ज्वरो आएर घरमा आराम गरिरहेका थपलिया बुधबार राति केएमसीमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो। आज बिहान चिकित्सकले नेपालमा भएका कुनैपनि औषधिुले काम नगरेको परिवारलाई बताएका थिए। उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै परिवारले भन्यो, नेपालमा भएका जति दबाइ र उपचार गर्ने प्रयास गर्यौं। तर उहाँलाई बचाउन सकिएन भनेर हामीलाई भन्नु भयो।

काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन्। उनको आजै बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

 

Write a Comment

Events
Random Picks