रोल्पामा पहिरोले १८ दिनको शिशुसहित ३ को मृत्यु
2-July-2018


जक्सन डटकम
पोखरा, असार १८ 
हिजोदेखिको अविरल वर्षाका कारण आएको पहिरोले पुरिँदा रोल्पामा तीन जनाको मृत्यु भएको छ । रोल्पा रुन्छिगढी गाउँपालिका वडा नम्वर ५ को सैबाङमा आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।
पहिरोले पुरिएर १८ महिनाको शिशुसहित सुत्केरी आमा र १४ वर्षीया किशोरीको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आज बिहान करिब ११ बजे आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Write a Comment

Events
Random Picks