श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
5-July-2018

जक्सन डटकम  
पोखरा, असार २१

श्रीमानको कुटाइबाट कैलालीको लम्कीचुहा नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ ।
वडा नम्बर २ प्रतापपुरका स्थानीय ३५ वर्षका इन्द्र चौधरीले कुटपिट गर्दा ३२ वर्षीया श्रीमती गर्भी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा मृतकका श्रीमान इन्द्रले सुरुमा श्रीमतीले रक्सी खाएर लड्दा मृत्यु भएको बताएका थिए । शंका लागेपछि इन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कुटाईपछि श्रीमतीको मृत्यु आफ्नो कुटाईबाट भएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । 
धारिलो हतियार प्रयोग गरी गर्भीको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Write a Comment

Events
Random Picks