३० किलोग्राम गाँजा बरामद
5-July-2018


जक्सन डटकम  
पोखरा, असार २१

धादिङ प्रहरीले आज ३० किलोग्राम गाँजा बरामद गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाको जोगीमारामा गाडी चढ्न सडक छेउमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा सो सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।
गाँजा बरामद गर्दै गर्दा गाँजासँगै रहेको दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।

Write a Comment

Events
Random Picks