डेढ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ
7-July-2018


जक्सन डटकम
पोखरा, असार २३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवै जना भारतीय नागरिक रहेका छन् । 
पक्राउ पर्नेहरुमा भारत केरला घर भएका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिल रहेका छन् । उनीहरुले आफ्नो मलद्वारमा लुकाएर ८–८ वटा सुनका बिस्कुट ल्याएका थिए । 
‘फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएका उनीहरुको शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा पक्राउ परेका हुन्,’ विमानस्थल प्रहरी प्मुख डीआईजी कमल जिटीद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘चिकित्सकको सहयोगमा सुन बरामद गरिएको छ ।’
उक्त सुनको नेपाली मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
खवैध रुपमा लुकाईछिपाई भन्सार छलि गरी लैजान लागेको अवस्थामा फेला पारी बरामद गरिएको उक्त सुनसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि त्रि।अ।वि। भन्सार कार्यालय गौचरमा पठाइएको छ । 

 

Write a Comment

Events
Random Picks