साढे ३३ किलो सुन तस्करी प्रकरणः दुबईमा ‘गोरे’ का भाइ उप्रेती पक्राउ
15-July-2018

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेट्स (यूएइ) मा पक्राउ परेका छन् ।

उप्रेतीलाई नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले पक्राउ गरेको जनाएको छ । उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । अनुसन्धानले  यूएईबाट नेपालमा सुन पठाउन उप्रेती लगायतका समूहले भूमिका खेलेको देखाएको छ । उक्त  समूहकाे रमेश उप्रेती,  मोहन अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो ।

उप्रेतीलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Write a Comment

Events
Random Picks