साउनको सोमबार छोराछोरीसहित हिमानी पशुपतिमा
23-July-2018

पूर्वयुवराज्ञी हिमानी शाह सोमबार विहान आफ्ना छोराछोरीसहित पशुपति मन्दिर पुगेकी छन्।

साउनको पहिलो सोमबार पुजाअर्चना गर्न उनी छोरा हृदयन्द्र र छोरी पूर्णिकाको साथमा पशुपति पुगेकी हुन्।

विहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पुजाअर्चनामा विताएकी थिइन्।

साउनको पहिलो सोमबार आज पशुपति मन्दिरसहित देशैभरीका शिव मन्दिरहरुमा महिला र युवतीहरुको घुइँचो लागेको छ।

साउनको सोमबार व्रत बसे मनोकामना पूरा हुने धार्मिक मान्यता छ। महिला र युवतीहरुले साउनको सोमबार महादेवको पूजा आराधना गरी ब्रत बस्ने प्रचलन छ।

फोटो : नेपाल खबर 

Write a Comment

Events
Random Picks