पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु
23-July-2018


जक्सन डटकम 
पोखरा, साउन ७
जिल्लाको पर्सागढी नगरपालिका–३ बढनिहारमा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर ३५ वर्षीय जुमाद्दिन मन्सुरीको मृत्यु भएको हो । चलिरहेको टिभीलाई समातेर घुमाउन खोज्दा मन्सुरीलाई करेन्ट लागेको थियो ।
उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
मन्सुरीको शव पोष्टमार्टमका लागि अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

 

Write a Comment

Events
Random Picks