तनहुंमा ट्रक र मोटरसाईकल ठोकिदा एकको मृत्यु
25-July-2018

जक्सन डटकम
पोखरा, साउन ९ 
जिल्ला तनहुं आबुखैरेनी गांउपालिका-२ मार्की चोक ड्याम स्थित पृथ्वीराज मार्गमा  गए राति ट्रक र मोटरसाईकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ना ४ ख ५३५५ नम्वरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ग ६ प २९८७ नम्वरको मोटरसाईकल ७:५० बजे एक-आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक मंजित गुरुङको मृत्यु भएको हो । 
गुरुङ घाइते भई उपचारको लागि छिम्केश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटि दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिईएको कास्की प्रहरीले बताए ।

 

 

Write a Comment