रसुवामा पहिरो: ५ को मृत्यु , ४ बेपत्ता
26-July-2018


जक्सकन डटकम
पोखरा, साउन १०
रसुवाको टिमुरे बजार नजिक बुधबार राति पहिरो खस्दा ५ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन्।
अविरल वर्षापछि बुधबार राति पहिरो खस्दा तीन वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। तीमध्ये एउटा घरमा होटल थियो। होटलमा बसेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका  श्याम श्रेष्ठ ९४२०,  रेशम खड्का ९३७०, विक्रम श्रेष्ठ ९२७०, मंगल तामाङ ९४५० र रसुवाको गोसाइकुण्ड गाउँपालिका-१ का मिग्मार गुम्बुको मृत्यु भएको  छ। उनीहरू सबै केरूङबाट सामान ल्याउने सवारीका चालक भएको प्रहरीले जनाएको छ। 
पहिरोले  टिमुरेको प्रहरी पोष्ट पनि भत्काएको छ। पहिरो खसेपछि चीनसँग सञ्चालनमा रहेको  एकमात्र नाका रसुवागढी पुग्ने बाटो पनि बन्द भएको छ। प्रहरीले बेपत्ताको खोजी र बाटो खुलाउने काम भइरहेको जनाएको छ।
 
 । 

Related Images

Write a Comment

Events