पहिरोले अबरुद्ध बेनी–मालढुङ्गा सडक सूचारु
17-August-2015

पर्वत,३२ साउन / सोमवार विहानदेखि अबरुद्ध बनेको मालढुंगा–बेनी सडक सूचारु भएको छ । लगातारको वर्षाका कारण सडक माथिको पहाडवाट खसेको पहिरोका कारण अवरुद्ध बनेको सडक साँझ ५ बजेदेखि सुचारु भएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रहरी सहायक निरिक्षक विकास तिमिल्सिनाले जानकारी दिए । 

 सडक डिभीजन कार्यालयले बागलुङको डोजर लगाएर साँझ ५ बजेदेखि सडक सूचारु गरिएको तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सडक सुचारु भएपछि र नेकपा माअ‍ोवादीको बन्द समेत खुलेकाले सवारीका साधनहरु नियमीत सूचारु भएका छन् । वैशाख १२ गतेको बिनासकारी भुकम्पका कारण चर्किएको कुश्मा नगरपालिका–१ पाङ स्थित नुवासको डाँडाबाट पहिरो खस्दा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ । उक्त स्थानको पहिरोका कारण मालढुंगा स्थित कालीगण्डकीको किनारमा बस्ने सुकुम्वासी बस्तीका दुई घर पुरीएका छन् भने वाँकी झण्डै १ सय घर जोखिममा परेका छन् । ठाडो पहाड चर्किएकाले तत्काल संरक्षण गर्ने अवस्था नरहेकाले स्थानिय सुकुम्वासी परिवारहरु जोखीम मोलेर बस्न बाध्य छन् । कतिपय परिवारहरु पनि घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । साउन ३ गते दिउँसो गएको सुख्खा पहिरोपछि उक्त स्थानमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

पहाडबाट पहिरो खस्ने क्रम नरोकिएपछि स्थानियवासीहरुले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न माग गरेका छन् । शनिवार दिउँसोको पहिरोले सुकुम्वासी बस्तीका हरिबहादुर माझी र बलबहादुर माझीको घर पुरेका थियो । उनिहरु अहिले आफन्तकोमा आश्रय लिएर बस्दै आएका छन् । 

पटक पटब सोहि पहिरोका कारण मालढुंगा बेनी सडक अवरुद्ध हुने गरेकोले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । 

Write a Comment

Events
Random Picks